धनकुटामा बस दुर्घटना, पूर्वराज्यमन्त्रीसहित १३ को मृत्यु

धनकुटामा बस दुर्घटना, पूर्वराज्यमन्त्रीसहित १३ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ साउन २०७३
  • 11.9K
    Shares

धनकुटाको सिधुवामा डाँफे मुनाल यातायातको बस दुर्घटना ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। सातजनाको घटनास्थलमा र ६ जनाको धरानकाे बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

संखुवासभाबाट धरानका लागि प्रस्थान गरेको बा २ ख ७३६६ नम्बरको बस  सिधुवा दुर्घटनाग्रस्त भएको जिल्ला

दुर्घटनामा परी मृत्यु भएका माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थराज्य मन्त्री हरिराज खेवा

ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए।  बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।

धनकुटामा भएको बस दुर्घटनामा   परि मर्नेहरुको शब

दुर्घटनामा परी माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थराज्य मन्त्री हरिराज खेवाको मृत्यु भएको पुष्टि भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री र नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा अर्थ राज्यमन्त्री बनेका थिए । घटनामा खेवासँगै धनुकटाको परेवादिन-४ तारादेबी बस्नेत, उनकी छोरी रेश्मा बस्नेत, धरान-२ का बेदप्रकाश पटवारे, परेवादिन ७ की अतिमाया तामाङ, परेवा ५ की खिनमाया भट्टराई, तारेकटार ३ की वीरबहादुर काफ्लेको मृत्यु भएको छ । ठेगाना नखुलेका होम थापाले पनि घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया