दुई लाख घुससहित अनुसन्धान अधिकृत पक्राउ

दुई लाख घुससहित अनुसन्धान अधिकृत पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ असार २०७३
  • 7.4K
    Shares

कोशेबाली अनुसन्धान केन्द्र खजुराका प्राविधिक अधिकृत वीरेन्द्र कुमार यादवलाई दुई लाख ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सूचनाको आधारमा अधिकृत यादवलाई पक्राउ गरेको हो ।

डिप बोरिङ र विद्युतको अन्तिम बिल भुक्तानी लिने क्रममा सेवाग्रहीबाट घुस लिदै गर्दा यादवलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको  आयोगको कोहलपुर  सम्पर्क कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
३ लाख घुस मागेर बिल फर्स्यौँट गर्न लामो समयदेखि यादवले आटटाल गरिरहेका थिए ।

प्रतिक्रिया