काठमाडौं, ५ असार २०८३ ।
झापाको कनकाई नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा मामा–भान्जीको मृत्यु भएको छ।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१ त ७४०४ नम्बरको ट्र्याक्टर शुक्रबार मध्यान्ह करिब १२ बजे कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकखण्डमा ठोक्किँदा मामा-भाञ्जीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली र उनकी पांच वर्षीया छोरी हाजिरा खातुनको उपचारका क्रममा कनकाई नगर अस्पताल, सुरुङ्गामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोहि दुर्घटनामा परेकी गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्र्याक्टर तथा ट्र्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार