एमाले उपाध्यक्ष एबम पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ : काठमाण्डौ ल्याइदै

एमाले उपाध्यक्ष एबम पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ : काठमाण्डौ ल्याइदै


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, ८ असार २०८३
  • 1.5K
    Shares

एमाले नेता बिष्णु प्रसाद पौडेल एआईले तयार गरेको सांकेतिक तस्वीर।

 पोखरा, ८ असार २०८३। 

नेकपा (एमाले)का उपाध्यक्ष एबम पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन्।

एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य समेत रहेका नेता पौडेललाई प्रहरीले एमालेद्वारा सुर्खेतमा आयोजित पार्टी पुनर्गठनका लागि सुझाव संकलन अभियानअन्तर्गतको कार्यक्रमस्थलबाट पक्राउ गरेको हो। उनी सुर्खेतस्थित शुभ होटलमा आयोजित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी थिए।

एमाले स्रोतका अनुसार कार्यक्रमस्थलबाटै पक्राउ गरिएका पौडेललाई सुर्खेतबाट नेपालगन्ज पुर्याएर त्यहाँस्थित विमानस्थलबाट हवाई उडानमार्फ़त काठमाण्डौ ल्याइदै गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सुर्खेत प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउको कारण र मुद्दासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको छ।

एआईले तयार गरेको सांकेतिक तस्वीर।

प्रतिक्रिया