पोखरा, ३ असार २०८३।
पैसाको प्रलोभन देखाएर टिकटकमा नग्न अवस्थामा लाइभ बस्न लगाउने दुई जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–११, शेषमती बस्ने उदयपुरको बेलका नगरपालिका–६, की ३६ वर्षीया पूर्णिमा राई र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, का ३० वर्षीय संजय तामाङ समातिएका हुन् ।
प्रहरीका अनुसार उनीहरुले शुरुमा पीडितलाई पैसाको लोभ देखाएर टिकटकमा नग्न भई लाइभ बस्न लगाएका थिए । त्यसपछि डेरामै बन्धक बनाई डर, त्रास र धाकधम्कीमा नग्न फोटो तथा भिडियो खिचेर बेच्नुका साथै संजयले जबरजस्ती करणीसमेत गरेको प्रहरीको आरोप छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अदालतबाट पाँच दिनको अनुमति लिई अनुसन्धान भइरहेको छ ।