पोखरा , २४ चैत २०८२।
सुनका गहना सस्तोमा बनाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाण्डौको बसुन्धराबाट बाबु–छोरा पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीवन कुमार ठाकुर र उनका छोरा निहाल ठाकुर रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरुले विभिन्न व्यक्तिहरुबाट करिब एककरोड २० लाख रुपैयाँ ठगी भएको जनाएको छ।
उनीहरूले न्यूरोडमा ‘स्वर्ण संसार’ नामको पसल चलाउँथे तर पछि बन्द गरेर फ’रार भएका थिए। टिकटकमार्फत स’स्तोमा गह’ना बनाइदिने भन्दै मानिसहरूबाट सुन लिएर सम्पर्कविहीन हुने गरेको खुलेको छ। अहिले उनीहरूमाथि थप अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।