गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृत पौडेलसहित पांच जनाबिरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृत पौडेलसहित पांच जनाबिरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 3.7K
    Shares

पोखरा , २४ चैत २०८२।

गैरकानुनी तबरले सम्पत्ति आर्जन गरी स्रोत लुकाउने उद्देश्यले शुद्धिकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पांच जनाविरुद्ध सम्पत्ति शुद्धिकरण अभियोगमा सोमबार मुद्दा दायर गरेको हो।

पौडेलले गैरकानुनी तबरले आर्जन गरेको सम्पत्तिमध्ये दुई करोड ५८ लाख ६७ हजार तीनसय २४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धिकरण गरेको अख्तियारको दाबी छ ।

गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार संलग्न रहेको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले अनुसन्धानबाट बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको पुष्टि भएको दाबी गरेको छ। अख्तियारले सम्पत्ति शुद्धिकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ ।

अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

प्रतिक्रिया