पोखरा , २४ चैत २०८२।
मध्यराती गोली हानेर काठमाण्डौको गौशाला-पिंगलास्थान क्षेत्रबाट दुई जना भारतीय लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।