प्रदेश मन्त्रीले घुस मागेको आरोप लगाउने निमित्त वन निर्देशक भट्ट विद्युतीय अपराध मुद्दामा मन्त्रालयबाटै पक्राउ

प्रदेश मन्त्रीले घुस मागेको आरोप लगाउने निमित्त वन निर्देशक भट्ट विद्युतीय अपराध मुद्दामा मन्त्रालयबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ चैत्र २०८२
  • 3K
    Shares

पोखरा , २ चैत २०८२।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । प्रहरीले उनलाई धनगढीस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमल्सिनाले भट्टमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।

भट्टले केही दिनअघि एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । सो रकम दिन अस्वीकार गरेपछि आफूलाई डिभिजन वन कार्यालयबाट सरुवा गरिएको उनको दाबी थियो । यो विषय बाहिरिएपछि वन मन्त्रालयले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

प्रतिक्रिया