पाल्पामा बोलेरो र स्कुटर ठोक्किँदा स्कुटर चालक भारतीय सैनिकको मृत्यु

पाल्पामा बोलेरो र स्कुटर ठोक्किँदा स्कुटर चालक भारतीय सैनिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ चैत्र २०८२
  • 4.4K
    Shares

पोखरा, १ चैत २०८२।

पाल्पास्थित सिद्दार्थ राजमार्गमा बोलेरो र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । 

पाल्पाको आर्यभञ्ज्यांगबाट बर्तुङतर्फ आउँदै गरेको लु १ प ३७४० नम्बरको बोलेरो पिकअप पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाडास्थित सिद्दार्थ राजमार्ग सडकखण्डमा विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटरसँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा स्कुटर चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनमा गम्भीर घाइते बनेका स्कुटर चालक माथागढी गाउँपालिका–१ निवासी ३६ वर्षीय खिलेश्वर घर्ती मगरको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

मगर भारतीय सेनामा कार्यरत रहेको वडाध्यक्ष राजकुमार पन्थीले बताए । 

बोलेरो पिकअपका चालक पूर्वखोला गाउँपालिका निवासी २५ वर्षीय युवकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया