आज अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो र पाउन्ड पनि महङ्गिए

आज अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो र पाउन्ड पनि महङ्गिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ फाल्गुन २०८२
  • 3.9K
    Shares

पोखरा,२६ फागुन २०८२।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा पुग्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयर बढेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा थियो। 

यही फागुन २१ गते अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा पुगेको थियो। 

त्यसयता घटेको अमेरिकी डलरक विनिमयदर आज फेरि हालसम्मकै सबैभन्दा महँगो भएको हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ  ५५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ  २८ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ४२पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८० रुपैयाँ ५३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ। हिजो  बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ७५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८२ साल फागुन २६ गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया