कैलालीमा गएराती बुबाले आमाको हत्या गरेको देखेका छोराले छिमेकीलाई खबर गरे

कैलालीमा गएराती बुबाले आमाको हत्या गरेको देखेका छोराले छिमेकीलाई खबर गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ फाल्गुन २०८२
  • 3.6K
    Shares

पोखरा,२४ फागुन २०८२।

धनगढीमा गएराती श्रीमतीको हत्या गरेर श्रीमान बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या गरेर उनका श्रीमान डम्मराज जोशी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले दिएको जानकारी अनुसार , राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् ।

पूर्वशिक्षकसमेत रहेका जोशी श्रीमतीको हत्या गरेपछि हाल बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ। सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया