गोरखा २ मा बिबाद : मतगणना स्थगित

गोरखा २ मा बिबाद : मतगणना स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.5K
    Shares

पोखरा,२३ फागुन २०८२।

विवाद भएपछि गोरखा २ को मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो । कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत मोहन बेलवासेले बताए । ‘मतदान अधिकृतको हस्ताक्षर नभएको एउटा मतपत्र भेटिएछ,’ उनले भने, ‘देखेपछि बदर भनेर राखियो तर धाँधली भयो भनेर कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिनुभयो ।’

यहाँ रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले ३,४२९ मत ल्याएर अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका प्रकाश चन्द्र दवाडी ८४९ र नेकपा एमालेका मिलन गुरुङ्ग (चक्रे) को ३१३ छ ।

प्रतिक्रिया