पोखरा,२२ फागुन २०८२।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संयोजक रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल ‘दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट चुनाब जितेका छन्।
१० वर्षीय जनयुद्धका कमान्डर प्रचण्डले १० हजार दुई सय ४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले हालको आफ्नो नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीबाट तारा चिन्ह लिएर चुनाब जित्ने पहिलो नेता बनेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लीलामणि गौतम तीन हजार चारसय ६२ मत पाउँदा अर्का प्रतिष्पर्धी नेपाली कांग्रेसकी कुसुमदेवी थापाले तीन हजार ८१ मत पाएकी छन्।
