अबैध तरीकाले दुईसय ५० युवालाई अमेरिका पुर्याउने रुकुम पश्चिमका दुई जनाविरुद्ध एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धिकरण मु’द्दा दायर

अबैध तरीकाले दुईसय ५० युवालाई अमेरिका पुर्याउने रुकुम पश्चिमका दुई जनाविरुद्ध एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धिकरण मु’द्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ फाल्गुन २०८२
  • 10K
    Shares

पोखरा, ६ फागुन २०८२।

सयौँ युवाबाट लाखौँ रुपैयाँ लिएर तल्लो बाटो हुँदै अमेरिका पठाउने गि’रोहमा संलग्न रुकुम पश्चिमका दुई जनाविरुद्ध एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धिकरण मु’द्दा दायर गरिएको छ।

नेपाल प्रहरीको मा’नव बे’च’बिखन अनुसन्धान ब्यूरोले गरेको लामो अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको हो। 

उनीहरूले दुईसय ५० जना युवालाई अ’वै’ध तरिकाले अमेरिका पठाएको र केहीलाई ठ’गी गरेको आरो’प छ। प्रतिवादी कलबहादुर बस्नेतलाई उनको नाममा विभिन्न बैंकहरूमा कसुरजन्य कार्यबाट प्राप्त भएको ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी मागदाबी लिइएको छ। 

अर्का प्रतिवादी अमित बस्नेतलाई निजको नाममा विभिन्न बैंकहरूमा कसुरजन्य कार्यबाट प्राप्त भएको २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ ९४ पैसा बिगो कायम गरिएको छ। हाल कलबहादुर डिल्लीबजार का’रागारमा रहेका छन् भने अमित फ’रार छन्।

यस्तै केही मानिसहरूलाई अमेरिका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारेको मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगी समेतका कसुर गरेको र सो कसुरबाट आर्जित रकम मध्ये प्रतिवादीहरूले केही रकम नगदै र केही रकम आफ्नो नाममा सञ्चालनमा रहेका विभिन्न बैंक खाताहरूमा जम्मा गर्न लगाउने गरेको देखिएको प्रहरीको दाबी छ। 

सम्पत्ति शुद्धीकरण निवारण ऐन‚२०६४ अनुसार विगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय गर्न माग समेत गरिएको छ।

उनीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति  शुद्धीकरण निवारण ऐन‚ २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिइएको छ।

प्रतिक्रिया