पोखरा, २ फागुन २०८२।
कैलालीकाे नवप्रगतशिल सामुदायिक जंगलमा एक युवतीको शब भेटिएको छ।
जिल्लाको माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीस्थित नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीकाे शव भेटिएको हो।
मुख जलाइएकाे अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए । शवकाे पहिचान भने खुल्न सकेकाे छैन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टाेली तालिमप्राप्त कुकुरसहित खटिएको छ । जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टाेली परिचालन गरिएकाे एसपी चन्दले बताए ।