सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुर नालीमा मृत भेटिए

सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुर नालीमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०८२
  • 2.5K
    Shares

पोखरा, १४ माघ २०८२।

सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर मृत भेटिएका छन्।

सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मोरङ केराबारी गाउँपालिका-१० घर भएका २२ वर्षीय बाउट तामाङ मंगलबार दिउसो उत्तर दक्षिण कोशी राजमार्गस्थित नालिमा मृत भेटिएका हुन्।

उनको मृत्युको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया