युरो र पाउन्डको भाउ निरन्तर बढ्दै : अमेरिकी र अस्ट्रेलियन डलरको मुल्य घट्यो

युरो र पाउन्डको भाउ निरन्तर बढ्दै : अमेरिकी र अस्ट्रेलियन डलरको मुल्य घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०८२
  • 3.2K
    Shares

पोखरा, १४ माघ २०८२।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर घटेको छ। तर,  युरो, पाउन्डसहितका मुद्रा भने आज पनि महँगिएका छन्। विगत केही दिनदेखि युरो र पाउन्डको भाउ निरन्तर बढिरहेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

विगत तीन दिनदेखि उच्च मूल्यमा स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको हो। 

त्यसैगरि आज युरो १ को खरिदर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा छ। हिजो युरो १ को खरिदर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ७६ र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ६५ र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८२ साल माघ १४ गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया