पोखराबाट फर्निचरहरु बोकेर स्याङ्जाको वालिङतिर जाँदै गरेको मिनीट्रक स्याङ्जा प्रहरीको नियन्त्रणमा

पोखराबाट फर्निचरहरु बोकेर स्याङ्जाको वालिङतिर जाँदै गरेको मिनीट्रक स्याङ्जा प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ माघ २०८२
  • 6.6K
    Shares

फर्निचर सामानमा भ्याट छली गरेको आरोप लागेको ट्रक

पोखरा, १२ माघ २०८२।

पोखराबाट फर्निचरका सामानहरु बोकेर स्याङ्जाको वालिङतिर जाँदै गरेको एउटा मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखराबाट वालिङतर्फ फर्निचरका सामानहरु बोकेर गएको ग ख ६९१३ नम्बरको मिनी ट्रकलाई प्रहरी चौकी फेदिखोला, स्याङ्जाबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले १० थान बेड र छ थान दराज बोकेको उक्त मिनीट्रकले भ्याट बिल घटाई काठको फर्निचर समान ओसार-पसार गरेको आरोप लगाएको छ।

उक्त मिनी ट्रकलाई सव डिभिजन बन कार्यालय आँधिखओला, स्याङ्जासँग समन्वय गरी आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया