हिजो अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज कति?

हिजो अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज कति?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 4.4K
    Shares

पोखराम ११ माघ २०८२।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो यी सबै मुद्राको भाउ उच्च दरमा बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

हिजो पनि अमेरिकी डलरको बिनिमयदर यही थियो। 

त्यसैगरि आज युरो १ को खरिदर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा छ। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा छ। 

आज अस्ट्रेलियन डलर १ को खरिदर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा छ। 

हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा छ। 

आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८२ साल माघ ११ गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया