आज सबैजसो विदेशी मुद्राको भाउ उच्च वृद्धि, अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’

आज सबैजसो विदेशी मुद्राको भाउ उच्च वृद्धि, अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० माघ २०८२
  • 4.1K
    Shares

पोखरा , १० माघ २०८२।

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य उच्च दरमा बढेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

बिहीबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा पुगेर शुक्रबार केही घटेको थियो। 

हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरि आज युरो १ को खरिदर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा छ। हिजो युरो १ को खरिदर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ३२ र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा छ। अस्ट्रेलियन डलरको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८२ साल माघ १० गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया