मनाङमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

मनाङमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०८२
  • 6.7K
    Shares

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङ

पोखरा , ९ माघ २०८२।

मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले नाम फिर्ता लिन निवेदन दिएका हुन् । उक्त निबेदन बारे दिउसो एक पछि मात्र निर्णय हुने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

मनाङमा कांग्रेसका टेक बहादुर गुरूङलाई समर्थन गर्दै उनीहरुले उम्मेदवार फिर्ता गर्न लागेका हुन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

प्रतिक्रिया