कालिकोट जिप दुर्घटना अपडेट : मृत्यु भएका तीन जना सडक मजदुरको भयो सनाखत, चालक सम्पर्कमा

कालिकोट जिप दुर्घटना अपडेट : मृत्यु भएका तीन जना सडक मजदुरको भयो सनाखत, चालक सम्पर्कमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ माघ २०८२
  • 2.7K
    Shares

पोखरा, ३ माघ २०८२।

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जना सडक मजदुर को सनाखत भएको छ भने जिपका चालक प्रहरीको सम्पर्कमा आएका छन्।

जिल्लाको हुल्मबाट शुभकालिका-४ जाँदै गरेको भे.१. च २८९८ नम्बरको बोलेरो जिप शुक्रबार साँझ ६ बजे शुभकालिका ४ कुडीबाट जिप तिला नदी किनारमा खस्दा मृत्यु भएका तीन जना सडक मजदुरको सनाखत भएको हो।

उक्त दुर्घटनामा परेर सेरी पान्तडी सडक खन्ने काममा संलग्न मजदुरहरु दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा दुईजना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेका कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। भिरबाट तीन वटै शव निकालिएको प्रहरी प्रमुख खत्रीले बताए। उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ। 

जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया