निर्वाचन आयोगले दियो, नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक

निर्वाचन आयोगले दियो, नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०८२
  • 6.1K
    Shares

पोखरा , २ माघ २०८२।

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

 निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ ।आयोगले देउवा पक्षले चाहेमा दल दर्ताका लागि सीमित अवधि दिनेबारे लचिलो हुने निर्णय समेत गरेको छ ।

देउवा पक्षले गगन नेतृत्वको कांग्रेसमै रहन नचाहेमा दल र चुनाव चिह्न नयाँ प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ ।

निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार