पोखरा , २ माघ २०८२।
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। उनले आफ्नो राजिनामा पत्र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएका प्राप्त समाचारमा जनाइएको छ।
पाण्डेले आफुले राजिनमा पत्र बुझाएको जानकारी दिंदै उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा रहेको बताए। उनले अघि भने,” म मेयरसाब जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट चुनाव लड्छु । काठमाडौँकै कुनै क्षेत्रबाट लड्छु क्षेत्र फिक्स भइसकेको छैन,’