आज बिहान पोखराका यी क्षेत्रहरुमा बिजुली काटिने

आज बिहान पोखराका यी क्षेत्रहरुमा बिजुली काटिने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०८२
  • 14.6K
    Shares

पोखरा , २ माघ २०८२।

पोखरा महानगरपालिकाको केही क्षेत्रहरुमा आज बिहान बिजुली लाईन काटिने भएको छ। पोखराको सिर्जनाचोकदेखि पृथ्वीचोकसम्मको बिद्युत पोलहरु हटाउनका लागि पोखरा महानगरपालिकाको केही क्षेत्रहरुमा आज बिहान बिजुली लाईन काटिने भएको हो ।

शहिदचोक फिडर अन्तरगत आज बिहान आठ बजेदेखि नौ बजेसम्म एक घण्टा तथा सराङकोट फिडर अन्तरगत आज बिहान आठ बजेदेखि १० बजे सम्म दुई घण्टा बिद्युत लाइन काटिने नेपाल बिद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जानकारी दिएको छ।

यदि तोकिएको समय अगाडी नै पोल हटाउने काम सम्पन्न भएमा जुनसुकै समयमा बिजुली आउन सक्ने पनि बिद्युत कार्यालयले जनाएको छ।

प्रतिक्रिया