घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०८२
  • 9.8K
    Shares

काठमाडौँ, २ माघ २०८२।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगममा पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको प्राप्त समाचारमा जनाइएको छ।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार