कास्की कारागारबाट भागेका वलात्कारी स्याङजाबाट पक्राउ

कास्की कारागारबाट भागेका वलात्कारी स्याङजाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०८२
  • 4K
    Shares

पोखरा, १ माघ २०८२।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक कैदी स्याङजाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ११ घर भएका ४० वर्षीय हीराबहादुर कुँवर रहेको प्रहरीले जानकारी दिएको छ। उनी हाडनाता जबरजस्ती करणी मुद्दामा दोषी ठहर भै कास्की जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका बेला कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता प्रहरी निरिक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।

कुँवरलाई आफ़्नै घरमा बसिरहेका बेला जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी दहथुमबाट गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

कुँवरबिरुद्ध आबश्यक कानूनी कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया