इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक थुनुवाको मृत्यु  

इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक थुनुवाको मृत्यु  


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० पुष २०८२
  • 6.4K
    Shares

इलाका प्रहरी कार्यालय तुलसीपुर

पोखरा , ३० पुष २०८२।

दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो   

चौधरी गएको मङ्सिर २८ गते लागु औषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए।

पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो।

बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। रासस

प्रतिक्रिया