पोखरा , २९ पुष २०८२।
ललितपुरमा एक जना ८३ वर्षीय वृद्धको हत्या गरेर बोरामा प्याक गरी इनारमा फालेको अवस्थामा शव भेटिएको छ।
इलाम घर भै ललितपुर महानगरपालिका- १७ प्रसिद्ध टोल बस्दै आएका बृद्ध गर्जमान थापाको शब सोमबार ललितपुरकै किस्ट अस्पताल नजिकैको इनारमा भेटिएको हो । उनी शुक्रबारदेखि हराएको भन्दै खोजीका लागि प्रहरीमा खबर भएको थियो ।
बोरामा राखेर इनारमा फालेको अवस्थामा शव भेटिएको एसएसपी बोगटीले बताए । बोरामा प्याक गरेको अवस्थामा शव भेटिएकाले हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।