जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनमा शव भेटियो

जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनमा शव भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ पुष २०८२
  • 2.7K
    Shares

पोखरा , २९ पुष २०८२।

जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनमा शव भेटिएको छ।

विवादका कारण निर्माण हाल निर्माण रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनमा सोमबार बिहान करीब १० बजे एउटा जलेको अवस्थामा शव भेटिएको हो । उक्त शब् एक दिन अघिको हुनसक्ने र मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए। शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए।

ती व्यक्ति सडकमा प्लास्टिक बटुलेर हिँड्ने र साँझ भवनमा खाना पकाएर खाने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ।

उनका अनुसार आश्रयस्थलका लागि केही व्यक्तिहरु यसअघि पनि त्यहाँ बस्दै आएका थिए । प्रहरीले त्यहाँ नबस्न अनुरोध पनि गर्दै आएको थियो ।

प्रतिक्रिया