पोखरा , २८ पुष २०८२।
आउने पुष २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १४ औं पोखरा महोत्सवकाे तयारी पूरा भएको छ।
मंगलबारदेखि शुरु हुने उक्त महोत्सबको तयारी पूरा भएको आयोजक युनाइटेड क्लब पोखराले आइतबार एक पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। ,
पत्रकार सम्मेलनमा क्लबका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिब तथा जेहेनदार विद्यार्थी लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणको लक्ष्य राखी उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अघि बढेको जानकारी दिए ।
उनका अनुसार उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ । योसँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रतिटिकट १ रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरतासमेत दिइने भएको छ ।
महोत्सवमा शारीरिक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्षमुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाकसहित) लाई निःशुल्क प्रवेश गराइनेछ । महोत्सवमा दुई सय ५० स्टल रहेका छन् । महोत्सवमा दुई लाख ५० हजारसम्म दर्शक आउने अनुमान गरिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पु¥याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानबारे जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, कलाकारको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा दैनिक रुपमा विभिन्न कलाकारको प्रस्तुति रहनेछ । हास्य ब्यङ्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता, छेलो÷ठेलो प्रतियोगिता, झाँकी प्रदर्शनी रहनेछन् । थप आकर्षणमा टिकटक प्रतियोगिता, विद्यार्थीले निर्माण गरेका शैक्षिक प्रदर्शनी र विभिन्न मनोरञ्जनका कार्यक्रमहरु हुने क्लब अध्यक्ष लोकबहादुर थापाले बताए ।