चितवनमा मोटरसाइकलको टायर पन्चर भएर ट्रिपरमुनि पुग्दा कुल्चिदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा मोटरसाइकलको टायर पन्चर भएर ट्रिपरमुनि पुग्दा कुल्चिदा मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ पुष २०८२
  • 4.3K
    Shares

पोखरा , २६ पुष २०८२।
चितवनमा गुडिरहेको मोटरसाइकलको टायर पन्चर भएर ट्रिपरमुनि पुग्दा कुल्चिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

भरतपुर महागरपालिका २२ स्थित कुमियामा शुक्रबार अपरान्ह साढे चार बजे भरतपुरदेखि माडि तर्फ जाँदै गरेको ना २४ प ५२९४ नम्बरको मोटरसाइकलको टायर पन्चर भै विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ३६८३ नम्बरको टिप्पर अगाडि छिर्दा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका माडि नगरपालिका २ स्थित भैरपुरका ३५ वर्षिय सूर्य नारायण महतोको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

सोहि मोटरसाइकलमा पछाडि सवार केशर महतो भने सामान्य घाइते भएका छन् । मोटरसाइकल, टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया