अबैध लागू औषध ब्राउनसुगर सहित पोखराबाट एक जना युवा पक्राउ

अबैध लागू औषध ब्राउनसुगर सहित पोखराबाट एक जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ पुष २०८२
  • 3.9K
    Shares

निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध
सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

पोखराम २६ पुष २०८२।

अबैध लागू औषध ब्राउनसुगर सहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ नयाँबजारबाट बुधबार दिउसो चार बजे अबैध लागू औषध ब्राउनसुगर सहित एक जना युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कपिलवस्तु मायादेवी गाँउपालिका वडा नं. ३ बस्ने २७ वर्षीय संजय यादव रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनको साथबाट कालो प्लास्टिकमा पोको पारेको अवस्थामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा आठ ग्राम बरामद भएको प्राप्त समाचारमा उल्लेख छ।

अभियुक्त यादबबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया