वनमा काठ चोरी गर्न नदिदा सर्लाहीमा वन हेरालोको बिभत्स हत्या भएको खुलासा

वनमा काठ चोरी गर्न नदिदा सर्लाहीमा वन हेरालोको बिभत्स हत्या भएको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ पुष २०८२
  • 3.6K
    Shares

काठमाडौँ, २५ पुष २०८२।

सामुदायिक वनमा काठ चोरी गर्न नदिदा सर्लाहीमा एक जना वन हेरालोको बिभत्स तरीकाले हत्या गरेको तथ्य खुलेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनाका वन हेरालो रामेश्वर महतो कोइरीको हत्या आरोपमा सोही वडाका रामबलि महतो पक्राउ परे पछि त्यस्तो तथ्य खुलेको हो।

सागरनाथ वन विकास परियोजनाको वनबाट टिक र मसलाका रूखहरू चोरी निकासी गर्दै आएका रामबलि महतोले काठ चोरी गर्न नदिदा वन हेरालो रामेश्वर महतो कोइरीको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।

प्रारम्भिक अनुसन्धानबाट अवैध काठ चोरी र चौकीदारले त्यसलाई रोक्ने प्रयास गर्दा भएको पुरानो रिसइवीका कारण हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सरोज राईले जानकारी दिए।

प्रहरीका अनुसार , ईश्वरपुर नगरपालिका–२ राईटरखोर टोल घर भई सागरनाथ वन विकास परियोजनाको चौकीदारका रूपमा कार्यरत रामेश्वर महतो कोइरी पुस १९ गते बिहान करिब ५ बजे आफ्नो घरबाट साइकलमा एक्लै परियोजनाको प्लट नं. १० को जंगलमा गस्ती गर्न गएका थिए ।

परिवारका सदस्यहरूले पटक–पटक गर्दा लागे पनि कोइरीको फोन भने उठेन । केही समयपछि फोन स्वीच अफ भयो । त्यसपछि आत्तिँदै परिवारले खोजी गर्न थाले । खोजी गर्दै जाँदा दिउँसो करिब साढे २ बजे ईश्वरपुर नगरपालिका–२ राइटरखोरघाट टोलस्थित परियोजनाको प्लट नं. १० को जंगलमा कोइरीको शव भेटियो, वनमाराको झाडीमा कोइरीको मृत शरीर टाउको छिनाइएको र रक्ताम्य अवस्थामा फेला परेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी टोली घटनास्थलमा खटियो । घटनास्थलनजिकै रगत लागेको बन्चरो र कालो रंगको एक जोर चप्पल फेला परेको प्रहरीले बताएको छ ।

स्थानीय व्यक्तिहरूले उक्त चप्पल र बन्चरो ईश्वरपुर नगरपालिका–२ राइटरखोर टोलकै रामबलि महतोको भएको खुलाए । रामबलि प्रायः जंगलमा काठ दाउरा काट्न जाँदा यही बन्चरो बोकेर जाने गरेका स्थानीयले बताएका छन् ।

यसैलाई आधार मानेर प्रहरी टोली तत्कालै रामबलिको घर पुग्यो, प्रहरीले उनलाई घरअगाडि नै भेट्टायो र तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले रामबलिको घर खानतलासी गर्‍यो । उनको सुत्ने कोठाभित्र झुण्ड्याइएको ज्याकेट र जिन्स पाइन्टमा रगतका छिटाहरू भेटिनुले प्रहरीको अनुसन्धान थप बलियो बन्यो । शंकास्पद अवस्थामा फेला परेका ती कपडाहरू प्रहरीले बरामद गरेको छ ।

काठ चोरी गर्दाको पुरानो रिसइबी नै हत्याको कारण

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका रामबलि महतोले धेरै पटक जंगलमा प्रवेश गरी टिक र मसलाका रूखहरू चोरी गर्ने गर्थे । रामेश्वर महतो (मृतक) कोइरीले उनलाई धेरै पटक सम्झाई बुझाई यस्तो कार्य नगर्न रोक्ने प्रयास गरेका थिए । ‘एक पटक रामबलि काठ काट्दै गर्दा पक्राउ गर्न खोज्दा उनीहरूबिच जंगलभित्र लछारपछारसमेत भएको र रामबलि महतो भागेका रहेछन्,’ डीएसपी राई भन्छन् ।

घटना हुनुभन्दा ४/५ दिन अगाडि रामबलिले सागरनाथ वन विकास परियोजनाबाट चोरी गरी दाउरा चिरी बेच्न राखेको टिकको काठ र कोइरीले लगेका थिए । यसै विषयलाई लिएर रामबलिले कोइरीलाई ‘मार्छु, काट्छु’ समेत भनेका डीएसपी राई बताउँछन् । ‘धाकधम्की समेत दिएका प्रमाणहरू फेला परेका छन्,’ उनले बताए ।

घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले प्रदेश प्रहरी कार्यालयबाट स्पेसल कुकुरसहितको टोली घटनास्थलमा पठाएका थिए ।

प्रहरीले रामबलिलाई जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थपी इलाका प्रहरी कार्यालय केशरगञ्जमा थप अनुसन्धान गरिरहेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदार रामेश्वर महतो कोईरीको हत्या आरोपमा प्रहरीले रामबलि महतो नामक व्यक्तिलाई पक्राउ गरेको छ।

घटनाअनुसार, गत पुस १९ गते बिहान ५ बजे सागरनाथ वन विकास परियोजनाका चौकीदार रामेश्वर महतो कोइरी भक्तपुरस्थित प्लट नम्बर–१० मा एक्लै गस्तीका लागि निस्किएका थिए।

परिवारजनको पटक–पटकको फोनमा जवाफ नआएपछि खोजतलास गर्दा दिउँसो २ः३० बजे जङ्गलभित्र रगताम्य अवस्थामा उनको मृत शरीर फेला परेको थियो।

प्रहरीले घटनास्थलको निरीक्षणमा ‘NEKISOO’ लेखिएको चप्पल र रगत लागेको बन्चरो फेला पारेको थियो। अनुसन्धानका क्रममा चप्पल र बन्चरो रामबलि महतोको भएको पुष्टि भयो। घर खानतलासीमा रगतजस्तो दाग भएको कपडा पनि बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानमा खुलासा भयो कि रामबलि महतोले जङ्गलबाट टिक र मसलाका रुख चोरी गर्ने गरेको र चौकीदार रामेश्वरले पटक–पटक सम्झाइ–बुझाइ गर्दा केही दिनअघि झगडा पनि भएको थियो। प्रहरीले हत्या आरोपमा रामबलिलाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया