पोखरा , २५ पुष २०८२।
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल मोरङको लेटाङ नगरपालिका–९ अन्तर्गत जाँते–पथरी सडक खण्डमा बुधबार राती नौ बजे दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गमभिर घाइते बनेका मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका–१० नमुना टोल निवासी करिब ३०/३२ वर्षीय विजय गुरुङको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थान निवासी करिब २६/२७ वर्षीय अरुण गुरुङ घाइते भएको प्राप्त समाचारमा जनाइएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। सांकेतिक चित्र