गोरखामा श्रीमतीको कुटेर हत्या : श्रीमान पक्राउ

गोरखामा श्रीमतीको कुटेर हत्या : श्रीमान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 3K
    Shares

प'क्राउ, गि'रफ्तार, हि'रासत

पोखरा , २४ पुष २०८२।

आफ्नै श्रीमतीलाई कुटेर हत्या गरेको आरोपमा गोरखाबाट एक जना पक्राउ परेका छन्।

जिल्लाको पालुङटार नगरपालिका-३ बोगटीगाउँकी २१ वर्षीया अनुष्का परियारलाई कुटेर हत्या गरेको आरोपमा बिहीबार उनकै श्रीमान शंकर सुनार पक्राउ परेका हुन्।

कुटपिटबाट गम्भीर घाइते भएकी अनुष्काको गोरखाको आँपपिपल अस्पताल, हर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले शंकरलाई बिहिबार नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया