जहरसिङपौवा बस दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत, अझै २३ जनाको उपचार हुँदै

जहरसिङपौवा बस दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत, अझै २३ जनाको उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 5.2K
    Shares

पोखरा , २४ पुष २०८२।

काठमाडौंको शंकरापुर नगरपालिका–३ जहरसिङपौवास्थित लप्सेफेदी जंगलमा बुधबार राती भएको बस दुर्घटना मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

पिकनिकबाट फर्कदै गरेका नेचर हब भन्ने संस्थाका कर्मचारीहरू चढेको  बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस बुधवार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा दुर्घटनाग्रस्त हुँदा चार जनाले मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–५ घर भएर बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भएर बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भएर पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेर घाइते भएका २३ जनाको उपचार हुँदै छ । चारजना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया