भक्तपुरको रेस्टुरेन्टमा उपत्यका अपराध अनुसन्धान कार्यालयका सईमाथि चक्कु प्रहार : चार जना पक्राउ

भक्तपुरको रेस्टुरेन्टमा उपत्यका अपराध अनुसन्धान कार्यालयका सईमाथि चक्कु प्रहार : चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 4.1K
    Shares

प्रहरी नै पक्राउ

पोखरा , २४ पुष २०८२।

भक्तपुरको एक रेस्टुरेन्टमा नेपाल प्रहरीका एक जना जुनियर प्रहरीमाथि चक्कु प्रहार भएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सञ्जीव केसीमाथि चक्कु प्रहार भएको हो।

चक्कु प्रहारबाट सई केसी घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सई केसी माथि चक्कु हानेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधर रहेको प्रहरीले बताएको छ।

उनीहरु सबै चोरी गिरोहमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ। उनीहरुको साथबाट चोरीका दुई वटा मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया