नेपालका पहिलो शास्त्रीय सारङ्गी बादक खिमबहादुर गन्धर्वको निधन

नेपालका पहिलो शास्त्रीय सारङ्गी बादक खिमबहादुर गन्धर्वको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 3.5K
    Shares

पोखरा , २४ पुष २०८२।

नेपालका पहिलो शास्त्रीय सारङ्गी बादक खिमबहादुर गन्धर्वको निधन भएको छ।

कुशल सारङ्गी प्रशिक्षक एबं लोक साधक गन्धर्वको ९१ बर्षको उमेरमा बुधबार राती नौ बजे पोखरा १६ बाटुलेचौरस्थित आफ्नै निवासमा निधन भएको हो।

उनले बि.सं. २०१३ सालमा चीन भ्रमण गरेका थिए भने त्यस क्रममा चीनका महान नेता माओत्से तुङलाई भेट्ने मौका पाएका थिए।

उनी जीवनको उत्तरार्द्धमा पनि काँधमा एउटा सारंगी र हातमा एउटा छाता बोकेर हिड्ने गरेको स्थानीय बासिन्दाहरुले देख्दै आएका थिए।

उनी बि.सं. १९९२ सालको पुष १२ गते पोखराको बाटुलेचौरमा जन्मिएका थिए।

प्रतिक्रिया