पोखरा, २३ पुष २०८२।
बैंकिङ कसुरमा दोषी ठहरिएका एक यूवा बागलुङमा समातिएका छन्।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत बागलुङले दोषी ठहर गरी रु.११ लाख ५० हजार रुपियाँ जरिवाना र १२ दिन कैद सजाय तोकिएका युवा बागलुङमा समातिएका हुन्।
पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३३ को नर मल्ल रहेको प्रहरीले जानकारी दिएको छ। मल्ललाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
उनलाई अदालतको फैसला कार्यान्बयन गर्न बागलुङ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।