एमाले कास्कीद्वारा आगामी चुनाबमा ३२ जनाको उम्मेदवार सिफारिस

एमाले कास्कीद्वारा आगामी चुनाबमा ३२ जनाको उम्मेदवार सिफारिस


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ पुष २०८२
  • 2.5K
    Shares

पोखरा, २३ पुष २०८२।

नेकपा एमालेले कास्कीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जना उम्मेदवार सिफारिस गरेको छ।

जिल्ला कमिटीको मंगलबार बसेको बैठकले कास्कीमा रहेका तीन वटा निर्वाचन क्षेत्रका लागि ३२ जना उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए। 

अध्यक्ष क्षेत्रीका अनुसार, एमालेले कास्की क्षेत्र नम्बर १ बाट आठ जना, क्षेत्र नम्बर २ बाट ११ जना र क्षेत्र नम्बर ३ बाट १३ जना उम्मेदवार सिफारिस गरेको छ।

उम्मेदवार बन्न आकांक्षा राखेका जति सबैको नाम प्रदेश कमिटी र केन्द्रीय कमिटीमा सिफारिस गरेको अध्यक्ष क्षेत्रीले बताए। 

‘उम्मेदवारको आकांक्षा राख्नुभएका सबै साथीहरूको नाम जिल्ला कमिटीले प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ,’ उनले भने।

यसरी उम्मेदवार सिफारिस हुनेहरूमा कास्की क्षेत्र नम्बर १ बाट बैन बहादुर अधिकारी क्षेत्री, दिलिप न्यौपाने, मनबहादुर गुरूङ, पुष्पज्योति ढुंगाना, टिकाराम पङ्गेनी, पदमप्रसाद पौडेल, बाल सिंह काउछा मगर र नारायणी भट्टराई, ‘रक्षा’ रहेका छन्। 

क्षेत्र नम्बर २ बाट कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मी आचार्य, मिना गुरूङ, सञ्जिव कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य, झपट रानाभाट र रामप्रसाद सुवेदी रहेका छन्। 

यस्तै, कास्की क्षेत्र नम्बर ३ बाट देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगत विश्वकर्मा, धनबादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ, दामोदर पौडेल ‘बैरागी’, सुर्य खड्का ‘बिखर्ची’, डिबी नेपाली र ओमप्रसाद सुवेदी रहेका छन्। 

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस भएका कास्की १ का दामोदर पौडेल बैरागी र क्षेत्र नम्बर ३ का मनबहादुर गुरूङ २०७९ को निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनीहरू फेरि उम्मेदवार सिफारिस भएका हुन्।

प्रतिक्रिया