पोखरा, २२ पुष २०८२।
सिरहामा पूर्व प्रेमीले आफ्नो १७ वर्षीया प्रेमीको हत्या गरेको घुलासा भएको छ।
गत मंसिर २२ गते पौने ३ बजेतिर कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिंचाइ नहर नजिक झाडीमा मृत भेटिएकी कर्जन्हा १ बाल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आरोपमा उनकै पूर्व प्रेमी पक्राउ परेपछि त्यस्तो खुलासा भएको हो। उनको हत्या आरोपमा एक महिनापछि मंगलबार धनुषाको क्षिरेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय रामबालक चौधरीलाई सिरहा प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले गरेको अनुसन्धानबाट चौधरीले नै हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।
प्रहरीका अनुसार, चौधरी विवाहित हुन् र उनको एक सन्तानसमेत छन् । तर पछिल्लो समय श्रीमतीसँग खटपटको कारण उनी अलग्गै बस्दै आएका थिए ।
अविनाले रामबालकलाई पहिलेदेखि नै विवाहको प्रस्ताव राख्ने गरेकी थिइन् । तर अविनाले अन्य पुरुष मानिससँग फोनमा अडियो-भिडियो कल गर्ने गरेको र त्यो कुरा रामबालकलाई मन परेको थिएन । यो विषयमा पहिले पनि दुवै जनाबीच विवाद पर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
गएको मंसिर २१ गते राति ७ बजे धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले मादक पदार्थ सेवन गरी पटक-पटक अविनालाई फोन सम्पर्क गरेका थिए । त्यस क्रममा साढे ८ बजे अविना र रामबालकबीच फोनमा कुरा भयो । त्यसपछि रामबालकले अविनालाई भेटका लागि बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
राति सवा ९ बजे बजे अविना रामबालक चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि रामबालकले अविनालाई कमला नदीको किनार हुँदै घर छाड्न जाने क्रममा घटनास्थल नजिक पुगेर सहमतिमै शारीरिक सम्पर्क गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अन्य पुरुषसँग सम्बन्ध राख्ने गरेको आशंकामा आवेशमा आएर रामबालकले अविनाको घाँटी थिचेर ढुंगाले दाहिने गालामा प्रहार गरेका थिए । त्यसपछि अविना बेहोस भएपछि बोकेर नजिकैको झाडीमा लगेर ढुंगाले अनुहार किचेर घटनास्थलबाट भागेको खुलेको डीएसपी पालले बताए ।
गत मंसिर २२ गते पौने ३ बजेतिर कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिंचाइ नहर नजिक झाडीमा बल्टिया बस्ने सूर्यदेव वैधकी छोरी १७ वर्षीया अविनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
मंसिर २१ गते राति ७ बजे धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले मादक पदार्थ सेवन गरी पटकपटक अविनालाई फोन सम्पर्क गरेका थिए । त्यस क्रममा साढे ८ बजे अविना र रामबालकबीच फोनमा कुरा भयो । त्यसपछि रामबालकले अविनालाई भेटका लागि बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
राति सवा ९ बजे बजे अविना रामबालक चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि रामबालकले अविनालाई कमला नदीको किनार हुँदै घर छाड्न जाने क्रममा घटनास्थल नजिक पुगेर सहमतिमै शारीरिक सम्पर्क गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अन्य पुरुषसँग सम्बन्ध राख्ने गरेको आशंकामा आवेशमा आएर रामबालकले अविनाको घाँटी थिचेर ढुंगाले दाहिने गालामा प्रहार गरेका थिए । त्यसपछि अविना बेहोस भएपछि बोकेर नजिकैको झाडीमा लगेर ढुंगाले अनुहार किचेर घटनास्थलबाट भागेको खुलेको डीएसपी पालले बताए ।
रामबालकलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।