पोखरा, २३ पुष २०८२।
पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रका केही क्षेत्रहरुमा बुधबार दिउसो बिजुली लाईन काटिने भएको छ।
मुग्लिङ- पोखरा सडक विस्तार कार्य अन्तर्गत पोखरा महानगरपालिकाको वडा नम्बर ३० को पोखरा बिस्वबिद्यालयचोक देखि आदर्श चोकसम्मको विद्युतीय संरचनाहरुको स्थानान्तरण गर्न बुधबार बिहान १० बजेदेखि बेलुका पांच बजेसम्म बिजुली लाईन काटिने भएको हो ।
बुधबार दिउसो लेखनाथ क्षेत्रको पोखरा ३० आदर्शचोक,भण्डारढिक,पावरहाउस,गगनगाौडा, ठूलो पाखा, मजुवादेखि पुडीटारतर्फको लाईन बन्द हुने नेपाल विद्युत प्राधिकरणको लेखनाथ वितरण केन्द्रले जानकारी दिएको छ।
उक्त अवधिमा आवश्यकता अनुसार खैरेनी फिडर बन्द गरी विद्युतीय संरचनाहरुको स्थानान्तरण गर्ने काम हुने बताइएको छ। तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अवधि अगावै पनि लाईन सञ्चालन हुन सक्ने तर्फ पनि लेखनाथ वितरण केन्द्रले सचेत गराएको छ ।