पोखरा, २२ पुष २०८२।
कारको ठक्करबाट बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको सोमबार साँझ कारको ठक्करबाट मृत्यु भएको हो ।
तीव्र गतिमा आएको बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई सडकमै ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ।
कारको ठक्करबाट टाउकोमा गम्भीर चो’ट लागेका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अ’स्पतालमा लगिएकोमा चिकित्सकले ४ बजेर ३८ मिनेटमा मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।