हेटौडा सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, तीन जनाको उपचार हुँदै

हेटौडा सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, तीन जनाको उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ पुष २०८२
  • 4.1K
    Shares

पोखरा, २१ पुष २०८२।

मकवानपुरको जुरीखेतमा आइतबार साँझ भएको टाटा सुमो गाडी दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार (आज) साँझ ५ः२० बजेतिरको समयमा भएको सुमो गाडी दुर्घटनामा घाइते भएका मम्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए। मृतकहरुको पहिचान खुल्न बाँकी छ। सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको डीएसपी बोगटीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जना पुरुष र दुई जना बालबालिका रहेका छन्। मृतक तथा घाइतेको पहिचान हालसम्म खुल्न नसकेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।

प्रतिक्रिया