‘स्वरसम्राट नारायणगोपाल’को जीवनीमा आधारित चलचित्र बनाउने घोषणा

‘स्वरसम्राट नारायणगोपाल’को जीवनीमा आधारित चलचित्र बनाउने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ कार्तिक २०८१
  • 4.4K
    Shares

पोखरा,२५ कार्तिक २०८१।

चर्चित चलचित्रकर्मी, अध्येता एबम संचारकर्मी प्रकाश सायमीले ‘स्वरसम्राट’ नारायण गोपालको जीवनीमा आधारित रहेर चलचित्र बनाउने घोषणा गरेका छन्।

शनिबार पोखरामा आयोजित ‘स्वरसम्राट’ नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को बिमोचन कार्यक्रममा त्यस्तो घोषणा गरेका हुन्।

५०को दशकमा नेपाली सुपरहिट चलचित्र सिमाना लगायतका चलचित्र गरेर रेडियोकर्ममा लागेका प्रकाश सायमीले ‘स्वरसम्राट’ नारायण गोपालको जीवनीमा आधारित रहेर चलचित्र बनाएर आफू फेरी नेपाली चलचित्र जगतमा कम्ब्याक गर्न लागेको त्यस अवसरमा जानकारी दिए।

सायमीले अघि भने,‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोहि चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केहि विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।

आफुले ‘स्वरसम्राट’ नारायण गोपालको जीवनीमा आधारित भएर लेखेको पुस्तकलाई केन्द्रित भएर पोखराका चर्चित संचारकर्मी दिपेन्द्र श्रेष्ठसंग गरेको अन्तरक्रियात्मक सम्बादक क्रममा अध्येयता सायमीले नारायणगोपालको जन्म काठमाडौंको किलागलमा भएको नभई सिराहामा भएको खुलासा गरे। स्वरसम्राट नारायण गोपलाका बुबा त्यतिबेला सिरहाको प्रहरी प्रमुख (थानेदार) रहेका बेला नारायण गोपाल त्यही जन्मिएको उनले जिकिर गरे। उनले उक्त सम्बादका क्रममा स्वर सम्राट नारायण गोपालकी धर्मपत्नी पेमलाले नारायणगोपालको आफ्नै श्रीमानले युवा अवस्थामा गाएको एउटा गीतको आवाजलाई नचिनेको , आफूमाथि आक्रमण गर्ने तीन जनाको नाम गोप्य राखेकोजस्ता विषयहरुपनि आफ्नो पुस्तकामा रहेको जानकारी दिए।

अध्येता सायमीले २०५६ सालमा पोखरामा स्थापित अन्नपूर्ण एफएमको स्टेशन मेनेजर भएर काम गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार