व्यावसायिक लिगका लागि फ्रान्स गइन् साम्बा

व्यावसायिक लिगका लागि फ्रान्स गइन् साम्बा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ कार्तिक २०८१
  • 7.6K
    Shares

पोखरा,१५ कार्तिक २०८१।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्सतर्फ लागेकी छन्।

फ्रान्सको व्यवसायिक क्लब एन अभान्टा गुएङ्ग्याम्पमा लिग खेलिरहेकी साम्बा बिहीबार बिहान त्यसतर्फ लागेकी हुन्।

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणका लागि स्वदेश आएकी साम्बा व्यावसायिक लिगका लागि पुन: फ्रान्स फर्केकी हुन्।

साम्बालाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि बिहीबार बिहान त्रिभुवन विमानस्थल पुगेका थिए।

घरेलु मैदानमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौँपटक उपविजेता बनेको छ।

भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलमा बराबरी गोल फर्काउँदै साम्बाले सनसनी मच्चाएकी थिइन्।

साम्बाले च्याम्पियनसिपको समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन्।

माल्दिभ्सविरुद्धको खेलमा भने साम्बा बेन्चमा रहिन्।

प्रतिक्रिया