साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल-बंगलादेश बीच पहिलो हाफ गोलरहित बराबरी Live

साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल-बंगलादेश बीच पहिलो हाफ गोलरहित बराबरी Live


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ कार्तिक २०८१
  • 5.9K
    Shares

पोखरा,१४ कार्तिक २०८१।

साफ महिला च्याम्पियनसिपको फाइनलको पहिलो हाफ घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेनन्।

खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिदै गरेको प्रहार क्रसबारमा लाग्दै रिबाउण्ड भयो। रिवाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन्।

खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो। खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो।

प्रतिक्रिया