पोखरा,४ कार्तिक २०८१।
क्रिकेटर सन्दिप लामिछाने क्रिकेट खेल्न मध्यराती अमेरिका उडेका छन्। काठमाण्डौस्थित अमेरिकी राजदुतावासले अन्तिम समयमा भिसा दिए पछि क्रिकेटर लामिछाने क्रिकेट खेल्न मध्यराती अमेरिका उडेका हुन्।
उनले मध्यतारी फेसबुकमा स्टाटस राखेर आफु अमेरिका उड्न लागेको जानकारी दिएका छन्। उनले आफ्नो स्टाटसमा, “तपाईंहरुको माया र साथको लागि आभार सहित अमेरिका जादै। तिम्रो आशाहरु म संग लिएर अमेरिका क्रिकेट मैदान सम्म” भनेका छन्।
‘इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको’ क्यानले विज्ञप्तिमार्फत जनाएको छ।